• गृहपृष्ठ
  • सल्लाघारीको बुद्ध दर्शन पर्यटन सहकारीले: बचतकर्ताको बचत फिर्ता दिन सकेन

सल्लाघारीको बुद्ध दर्शन पर्यटन सहकारीले: बचतकर्ताको बचत फिर्ता दिन सकेन

May 8th, 2023


आधारभूमि बैशाख २५, भक्तपुर ।

भक्तपुरको सल्लाघारीमा कार्यालय रहेको बुद्ध दर्शन पर्यटन सहकारी बन्द हुने अवस्थामा पुगेको छ । मुद्दतीे खाताको बचत रकम समयमा फिर्ता दिन नसकेर सहकारी संचालक समितिका अध्यक्ष हिमाल राई सहकारी आउन सकेका छैनन् । बचतकर्ता भरत ताम्राकार २ लाख पचास हजार बचत लिन करीब ६ महिना सम्म सहकारी धाएका छन् ।

तर बचत फिर्ता पाउनेमा आशा कम भएको भरत ताम्रकारको भनाई छ । बुद्ध दर्शन पर्यटन सहकारी जिल्ला बचत तथा ऋण सहकारी संघ भक्तपुर, जिल्ला सहकारी संघ भक्तपुरमा आवद्ध नभएकोले बचतकर्ता अन्यौलमा परेका छन् । सहकारीमा समस्या आउनु बाह्य आर्थिक मन्दी, अधिकांश सहकारी सञ्चालकहरुले बदमासी गरी सदस्यको बचत रकम सहकारी ऐन, नियम, सिद्धान्त विपरित घर जग्गामा लगानी र गत श्रावणबाट लागू बैंकहरुको मौद्रिक नीतिले धितोमा ३० प्रतिशत ऋण उपलब्ध गराएकोले सबै घर जग्गा व्यवसायी सहकारी मुखी भएका कारण यस्तो समस्या आएको जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष कृष्ण गोविन्द लाखाजूले बताए ।

त्यस्तै, सहकारी संघ भक्तपुरका अध्यक्ष केदार खड्का अनुसार केही सहकारीका संचालकहरुले बद्मासीका घर जग्गामा लगानी र सञ्चालकहरुले आफूखुसी निर्णय गरी लगानी गरेका कारण सबै सहकारी बदनामी हुन पुगेको आरोप लगाए ।