• गृहपृष्ठ
  • नेपालमा भिभो भी२७ सिरिजको मुल्य सार्वजनिक एवं प्रि–बुकिङ खुला

नेपालमा भिभो भी२७ सिरिजको मुल्य सार्वजनिक एवं प्रि–बुकिङ खुला

May 7th, 2023

काठमाडौं, बैशाख २४ 

भिभो एक विश्वव्यापी अग्रणी ब्राण्डले स्मार्टफोन भी २७ सिरिज सार्वजनिक गरेको छ । दुवै स्मार्ट फोनहरु ८ तारिख देखि १४ तारिख सम्म (वैशाख २५ देखि ३१ गतेसम्म)प्रि–बुकिङको लागि उपलब्ध हुनेछ ।

ग्राहकहरुले तीन हजार तिरेर भी२७फाइभजी वा भी२७ ई को प्रि–बुकिङ गर्न सक्नेछन् । साथै ग्राहकहरुले भी२७फाइभजी को प्रि–बुकिङमा भिभो टीडब्लुएस एयर र भी२७ईको प्रि–बुकिङमा नोइज कलर फिट ग्राण्ड एयरबड पाउँनेछन् । फोनमा स्लीकडिजाइन, भी२७ फाइभजीमा औरा लाइट पोट्र्रटसिस्टम, ४६०० एमएएच ब्याट्री र ६६ वाट फ्ल्यास चार्ज लगायतका आकर्षक विशेषताहरु छन् ।

भिभो भी२७सिरिजको बारेमा भिभो नेपालका जनरल म्यानेजर माइकलले भने, “भिभो भी सिरिजको उत्कृष्ट कार्य सम्पादन तथा नवीन विशेषताहरुले गर्दा प्रयोगकर्ताहरू सधैं यस स्मार्टफोनहरू प्रति आकर्षित हुँदै आएका छन् । भिभोमा, हाम्रो मूल सिद्धान्त बेन्फेन प्रति हामी प्रतिबद्ध छौं, जसले निरन्तर अनुसन्धान र सहीकामहरू गर्नेहामीलाई अग्रसर गर्दछ । भी२७सिरिज यो अटल प्रतिबद्धताको प्रमाण हो ।

ग्लोइङ पोट्र्रेट सुनिश्चित गर्ने आकर्षक र उत्कृष्ट क्यामेरा

भी२७सिरिजका स्मार्ट फोनहरूले मोबाइल फोटोग्राफीको संसारमा गेम–परिवर्तकको रूपमा काम गर्नेछ । भी२७फाइभजीमा औरा लाइट पोटेक्ट् प्रणाली छ जसले ग्लोइङ पोटेक्ट्मा एक्सपोजरलाई बढाएर उत्कृष्ट एवं आकर्षक फोटोहरु खिच्न मद्दत गर्दछ ।

भी२७फाइभजीमा ५०एमपी अल्ट्रा–सेन्सिङ रियर क्यामेरा र ५०एमपी अटोफोकश सेल्फी क्यामेराको साथमा सोनीआइएमएक्स ७६६ भी सेन्सर रहेको छ । साथै, भी२७फाइभजीले सफ्ट र एक समान प्रकाश प्रभाव प्रदान गर्दछ जसले प्रयोगकर्ताहरूलाई रातीको समयमा पनि स्पष्ट, प्राकृतिक र उत्कृष्ट तस्बिरहरू खिच्नमद्दत गर्दछ । त्यस्तैभी२७ई को६४एमपीओआईएस अल्ट्रा–सेन्सिङ क्यामेराले स्थिर स्न्यापसटहरू प्रदानगर्दछ र कम प्रकाश अवस्थाहरूमा खिचिएका तस्वीरहरुको गुणस्तर वृद्धि गर्दछ । यसमा भएको ३२ एमपी एचडी सेल्फीबाट प्रयोगकर्ताहरुले स्पष्ट तस्वीरहरुखिच्न सक्छन् ।

दमदार स्क्रिन र मोहक डिजाइन
भी२७फाइभजी भिभो नेपालको पहिलो १२० हर्ज थ्रीडी कर्भ स्मार्टफोन हो जसले प्रयोगकर्ताहरूको भिजुअल अनुभव वृद्धि गर्दछ । त्यस्तै भी२७ई मा २.५डी स्क्रिन र १२० हर्ज एमोलेड डिस्प्ले रहेको छ जसलेस्क्रिनको ब्राइटनेशलाई व्यवस्थीत गर्दै जीवन्त रंगहरू प्रदान गर्दछ ।

शानदार प्रदर्शन
भी२७सिरिजमा ४६०० एमएएच ब्याट्री र ६६ वाट फ्ल्यासचार्ज छ र दुवै फोनहरु केवल १९ मिनेटमा ५० प्रतिशत सम्मचार्ज गर्न सकिन्छ । भी२७फाइभजीमा मिडियाटेक डाइमेन्सिटी ७२००प्रोसेसर रहेकोछ जुन ४एनएम मेकानिज्ममा सुसज्जितछ । त्यस्तै भी२७ईमा मिडियाटेक हेलियो जी९९ प्रोसेसर रहेको छ जसले सहज रूपमा एपहरूबाट स्वीच गर्न र डेटा स्टोर गर्न मद्दत गर्दछ ।

भी २७ फाइभजी दुई आकर्षक रंगहरूमा म्याजिक ब्लू र नोबल ब्ल्याकमा ५८ हहजार ९९९ मा उपलब्ध हुनेछ र भी२७ ई दुई उत्कृष्ट रंगहरूमा–ल्याभेन्डर पर्पल र ग्लोरी ब्ल्याकमा रु ४१ हजार ९९९ मा उपलब्ध हुनेछ । दुवै स्मार्टफोनहरु ८+२५६ जीवी भेरियन्टमा मे १५ अर्थात जेठ १ गतेबाट देशभरका सबै रिटेल स्टोरहरु र ईकर्मसमा उपलब्ध हुनेछ ।