• गृहपृष्ठ
  • आज १३९ वर्षपछि देखा पर्दै उपछायाँ चन्द्रग्रहण

आज १३९ वर्षपछि देखा पर्दै उपछायाँ चन्द्रग्रहण

May 5th, 2023

काठमाडौं, बैशाख २२

याे सालको पहिलो चन्द्रग्रहण आज वैशाख २२ गते लाग्दैछ  । यस वर्षको चन्द्रग्रहण यस अर्थमा पनि खास छ कि यो बुद्ध पूर्णिमाका दिनमा लाग्दैछ, जो १३९ वर्ष पछि लाग्न लागेको हो । 

यो चन्द्रग्रहण तुला राशी र स्वाती नक्षत्रमा लाग्दछ ।  राती ८ बजेर ४४ मिनेट देखी सुरु भएर मध्यरात अर्थात करिब १ बजेर २ मिनेटसम्म रहन्छ । यो चन्द्रग्रहणको कुल अबधी ४ घन्टा पन्ध्र मिनेटको हुनेछ । 

चन्द्र ग्रहणको सुतक काल ९ घन्टा अगाडीवाट सुरु हुन्छ तर यो चन्द्रग्रहण नेपालवाट भने देखिने छैन, जसकाकारण यहाँ सुतककाल मानिदैन् । यो उपछायाँ चन्द्रग्रहण हो, चन्द्रमामा पृथ्वीको छाया मात्र एउटा क्षेत्रमा मात्रै देखिने भएकाले सबै तिरबाट यो देखिँदैन।