• गृहपृष्ठ
  • ऐनले बन्देज गरेका क्षेत्रमा सहकारीको लगानी

ऐनले बन्देज गरेका क्षेत्रमा सहकारीको लगानी

May 4th, 2023

काठमाडौं, बैशाख २१
सहकारी ऐन २०७४ ले घर जग्गा र शेयर जस्ता क्षेत्रमा सहकारी संस्थाहरूलाई लगानी गर्न बन्देज गरेको छ । तर कतिपय सहकारी संस्थाले सदस्यबाट संकलित पुँजीलाई ऐनले बन्देज गरेका घरजग्गा, शेयर लगायतका अनुत्पादक क्षेत्रमा लगानी गर्दा अहिले ती संस्था समस्यामा परेका छन् ।
ऐनमा भएको व्यवस्थालाई ख्यालै नगरी अन्धाधुन्दा बढी नाफा हुने क्षेत्रमा सहकारी संस्थाले लगानी गर्दा त्यसको असर अहिले समग्र सहकारी क्षेत्रमा परेको छ । कतिपय सहकारी संस्थाले त घरजग्गा लगायतका क्षेत्रमा लगानी गरेको र विश्व अर्थतन्त्रमा आएको मन्दीका कारण मुलुकको अर्थतन्त्र समेत प्रभावित भएकाले घरजग्गा विक्री भएपछि मात्रै सदस्यको बचत फिर्ता गर्ने बताएका छन् ।

विगत २५ वर्ष देखी सहकारी मूल्य मान्यता र प्रचलित सहकारी ऐन नियमविनियम अनुसार संचालित भएको दाबी गरेको उक्त संस्थाले ऐनले सहकारीलाई कुन कुन क्षेत्रमा लगानी गर्न बन्देज गरेका छ भन्ने सामान्य ज्ञान समेत नभएको प्रमाणित गर्छ । सुमेरु सहकारीले सदस्यबाट संकलन गरेको बचतलाई सुमेरु ग्रुप स्थापना गरी सुमेरु अस्पताल, सुमेरु मार्ट, सुमेरु प्रिन्टिङ प्रेस, एसियन कलेज लगायत विभिन्न १५ कम्पनीमा लगानी गरेको पाइएको छ ।

अन्य थुप्रै सहकारीले ऐन विपरीत ती क्षेत्रमा लगानी गर्दा हजारौं सदस्यले अहिलेसम्म बचत फिर्ता पाउन सकेका छैनन् ।