यो मायालाई मायाको…………..

May 3rd, 2023


यो मायालाई मायाको बगैँचामा फुल्न देऊ 
मेरी मायालु एकपल्ट यता हेरिदेऊ
यता आएर हँसाएर  जाऊ न
आफ्नो ठानी बोलाए नजिक आउँ न
 
कालो लामो केश तिम्रो लर्काएर गए हुन्छ
आकाश न हो जहाँ बाट हेरे नि एउटै लाग्छ
यदि आँखा चिम्लेकी छौ भने आँखा खोलेर हेर
रमाई रहन्छु पाखा पखेरामा फूल फुलेको देखेर
 
तिम्रो  मिठो बोली अमृत घोले सरी कति मिठो
लुकी लुकी एकान्तमा, हेर्दा लाग्छ रमाइलो
तिम्रो मिठो बोली, हँसिलो मुहार हेरिरहूँ लाग्छ
यी ओठले ती ओठलाई डस्न मन लाग्छ

नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी