• गृहपृष्ठ
  • सवारी ज्यान मुद्दाका फरार अभियुक्त ११ वर्ष पछि पक्राउ

सवारी ज्यान मुद्दाका फरार अभियुक्त ११ वर्ष पछि पक्राउ

May 3rd, 2023

ललितपुर, बैशाख २०

सवारी ज्यान मुद्दाका फरार एकजना अभियुक्त ११ वर्षपछि पक्राउ परेका छन् । २०६९ मंसिर २८ गते दिउँसो १ बजेतिर ललितपुरको साविक इमाडोल वडा ६ स्थित कृष्ण मन्दिर अगाडी सडकबाटोमा बा.१ख७५७९ नम्बरको महेन्द्र निशान ट्रक (मिनी ट्रक)ले पैल यात्री पुरुषलाई ठक्कर दिँदा घाईते उपचारको क्रममा मृत्यु भएको थियो । 

मिनी ट्रक चालक ओखलढुङ्गा साविक वलखु गा.वि.स १ (सुनकोशी गाउँपालिका १) बस्ने ३५ वर्षीय झलक बहादुर मगर सो घटनापछि फरार थिए। ललितपुर परिसरका सप्रवक्ता एवं सुचना अधिकारी भुवनेश्वर प्रसाद साहले थप अनुसन्धान भईरहको जानकारी दिए ।