नेप्से सामान्य अंकले बढ्यो

May 3rd, 2023

काठमाडौं, बैशाख २०

 प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । बुधबार प्रि–ओपन सेसनमा नेप्से ०.२७ अंकले बढेर १८६६.६८ विन्दुमा पुगेको हो । 

१० स्टकको २८४ कित्ता सेयर कारोबार हुँदा १ लाख १७२ रुपैयाँ बराबर भएको छ ।  १० स्टकमध्ये २ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य सो सेसनमा स्थिर छ ।