• गृहपृष्ठ
  • ६ हजार बचतकर्ताको ३२ करोड बचत फिर्ता गर्न नसके पछि सल्लाघारीको शिवालय सहकारी बन्द हुने अवस्थामा

६ हजार बचतकर्ताको ३२ करोड बचत फिर्ता गर्न नसके पछि सल्लाघारीको शिवालय सहकारी बन्द हुने अवस्थामा

May 2nd, 2023


आधारभूमि बैशाख १९ भक्तपुर
भक्तपुरको सल्लाघारीमा कार्यालय रहेको शिवालय बचत तथा ऋण सहकारी संस्था लि.ले ६ हजार बचतकर्ताको ३२ करोड बचत फिर्ता गर्न नसकेपछि सहकारी बन्द हुने अवस्थामा पुगेको छ । सो सहकारीका अध्यक्ष हरि बशिष्ठ ४ महिना देखि सहकारी आएका छैनन ।

सहकारीका कर्मचारीका अनुसार अध्यक्ष लगायतको सहकारीका सञ्चालकहरु ऋणीको घरघरमा ताकेता गर्दै हिडेका खबर छ । सहकारी बन्द हुनुको कारण सहकारीले घर जग्गामा लगानी र आर्थिक मन्दीका कारण, ऋणीहरुले समयमा व्याज, साँउ समयमा तिर्न नसक्नु मुख्य कारण रहेका सहकारी एक कर्मचारीले बताए ।