कविताः तिमिले प्रेममा सधैँ…………….

May 2nd, 2023

तिमिले प्रेममा सधैँ…………….
तिमिले प्रेममा सधैँ जित्नुपर्छ
मेरो गल्तीलाई मैले सुधार गर्नुपर्छ
तिम्रो आँखाभित्र बसेको मान्छे हु म
तिमिलाई जीवन भरी साथ दिन्छु म
 
अमृतमय तिम्रो वाणी सुनेर बसौला
जहाँ गए पनि मनमा तिमिलाई राखौला
सफलताको शिखरमा पुग्न सक्छु जस्तो लागेको छ
जीवन भर तिम्रो साथको खाँचो छ
 
कहिलेकाहीँ  मनलाई दुखाएछु भने मैले
ख्याल ख्याललाई साँचो ठानेकी छौ कि तिमिले
जीवन भर माया गर्ने बाचा गर्छु मैले
सधैँ सँगै बाच्नेछु साथ देऊ तिमिले

-गोबिन्द राज ओझा (राजन), दिपायल सिलगढी न.पा.२ दिपायल डोटी