• गृहपृष्ठ
  • सिद्धार्थ बैंकले १ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने

सिद्धार्थ बैंकले १ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने

May 1st, 2023

काठमाडाैं, बैशाख १८ 

सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले आज एक सुचना जारी गर्दै संस्थापक समूह तर्फको १ लाख ४ हजार ८१३ कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ ।

कम्पनीका संस्थापक शेयरधनी बिनोद कुमार खेतानले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम उक्त शेयर विक्री गर्न लागेको बैंकले जनाएको छ ।

उक्त सेयर खरिद गर्ने चाहने ईच्छुक विद्यमान संस्थापक सेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र बैंकको केन्द्रिय कार्यालय हात्तिसार काठमाडौं स्थित कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सकिनेछ ।

बैंकले तोकेको उक्त समयमा पनि शेयर विक्रीका लागि कुनै आवेदन नआएमा बैंकले शेयर अन्य व्यक्ति वा संघ संस्थालाई विक्री गर्ने समेत जनाएको छ ।