बुद्ध एयरले ल्यायो नयाँ जहाज

Apr 29th, 2023

काठमाडौं, बैशाख १६

बुद्ध एयरले अर्को नयाँ जहाज ल्याएको छ । बुद्धले शुक्रबार एटीआर–७२ जहाज ल्याएको हो ।

योसँगै अब बुद्धको जहाज संख्या १५ पुगेको छ । जसमा १२ वटा एटीआर–७२ छन् । एटीआर–४२ जहाज तीन वटा छन् । यसअघि बुद्धसँग भएका दुई बिचक्राफ्ट क्यानाडाको कम्पनीलाई बेचेको थियो ।

नयाँ जहाजले आवश्यक कागजी प्रक्रिया पुर्‍याएर एक महिनाभित्र व्यावसायिक उडान सञ्चालन गर्ने बुद्धले जनाएको छ ।

बुद्धले छिट्टै थप एउटा नयाँ जहाज ल्याउन लागेको जनाएको छ ।