७ सहकारी कालोसूचीमा (नामावलीसहित)

Apr 27th, 2023

काठमाडौं, बैशाख १४

वैशाख १२ गतेसम्म ७ वटा सहकारी संस्था कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रले विभिन्न व्यक्तिहरुले दिएको निवेदनको आधारमा ती सहकारीहरुलाई कालोसूचीमा राखेको हो ।

कालोसूचीमा पर्ने सहकारीमा उत्तम सेभिङ एण्ड क्रेडिट रहेको छ । सो सहकारीलाई केन्द्रले वैशाख ३ गते कालोसूचीमा राखेको हो । उक्त सहकारीको सञ्चालकमा दुर्गा राज न्यौपाने र लक्ष्मी श्रेष्ठ छन् ।

त्यस्तै, सन्ध्य बचत तथा ऋण सहकारी संस्था पनि कालोसूचीमा परेको छ । उक्त सहकारीको सञ्चालकमा खेम कुमारी राई, मान प्रसाद राई र राम कृष्ण उप्रेती छन् ।

मेगा ड्रिम मल्टीप्रपोज को-अपरेटिभलाई पनि कर्जा सूचना केन्द्र कालोसूचीमा राखेको छ । उक्त सहकारीको सञ्चालकमा एन्जिला खत्री, महाशंकर रेग्मी, रबिन कुमार कार्की छन् ।

त्यसैगरी, नयाँतारा बचत तथा ऋण सहकारी संस्था, गणेशजल मल्टिपपर्स को-अपरेटिभ, मा अम्बे सेभिङ एण्ड क्रेडिट अपरेटिभ र मार्ग बचत तथा ऋण सहकारी संस्था पनि कालोसूचीमा परेका छन् |

नयाँतारा बचत तथा ऋण सहकारी संस्थाको सञ्चालकमा विशाल केसी, कविता सुनुवार, रतन राम्टेल र सन्तोष कुमार अछामी छन् ।

गणेशजल मल्टिपपर्स को-अपरेटिभको सञ्चालकमा दिनेस्ज कुमार दाहाल, ज्ञानेन्द्र बस्नेत र रेखा कुमारी बस्नेत छन् ।

सुमार्ग बचत तथा ऋण सहकारी संस्था पनि कालोसूचीमा परेका छन् । संस्थाको सञ्चालकमा गणेश बहादुर कार्की र सन्ध्या थापा छन् ।

मा अम्बे सेभिङ एण्ड क्रेडिट अपरेटिभको सञ्चालकमा विजयकुमार छिनाल, निर्मल कुमार सिंजाली छन् ।