• गृहपृष्ठ
  • सुसाइड नोट लेखेर सहकारीका अध्यक्ष सम्पर्कविहीन

सुसाइड नोट लेखेर सहकारीका अध्यक्ष सम्पर्कविहीन

Apr 27th, 2023

ललितपुर, बैशाख १४

सामाजिक सञ्जालमा सुसाइड नोट लेखेर नयन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केशव दाहाल सम्पर्कविहीन भएका छन् ।  ललितपुरको सातदोबाटोस्थित उक्त सहकारीका अध्यक्ष दाहालले फेसबुक पेजमा सुसाइड नोट लेखेका हुन् ।

सहकारीमा समस्या आउँदा अन्य सञ्चालकले असहयोग गरेको, कर्जाको भारले थेगिनसक्नु भएको भन्दै उनले उक्त अवस्था सिर्जना गर्नेहरुको फोटो र नाम नै उल्लेख गरेका छन् ।

स्टाट्समा पैसा तिर्न बाँकी सदस्य र रकम समेत उनले लेखेका छन् । यसअघि मंसिर ५ गते पनि दाहाल भक्तपुर जान्छु भन्दै सम्पर्कविहीन भएका थिए ।