आन्तरिक ऋण १ खर्ब १२ अर्ब

Apr 26th, 2023

काठमाडाैं, बैशाख १३

सरकारले चालु आर्थिक वर्ष २०७९/०८० को नौ महिनामा एक खर्ब १२ अर्ब २० करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ ।

यो वर्ष सरकारले आन्तरिक ऋण २ खर्ब ५६ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा नौ महिनामा उक्त ऋण लिएको हो ।

अर्थ मन्त्रालयमा अनुसार चालू आवको नौ महिनासम्ममा कुल सार्वजनिक ऋण २० खर्ब ६० अर्ब ऋण पुगेको छ । जसमा बाह्य ऋण १० खर्ब २ अर्ब १४ करोड रुपैयाँ र आन्तरिक ऋण १० खर्ब २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।

चालू आवमा सरकारले राजस्व संकलन लक्ष्य अनुसार उठाउन नसक्दा आन्तरिक खर्च धान्न समेत सकस छ । पछिल्लो पटक यही सोमबार २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन सुरु गरिएको छ ।