• गृहपृष्ठ
  • सदस्यको बचत फिर्ता गर्न नसक्दा हरियाली बचत तथा ऋण सहकारीका अध्यक्ष सम्पर्क विहिन

सदस्यको बचत फिर्ता गर्न नसक्दा हरियाली बचत तथा ऋण सहकारीका अध्यक्ष सम्पर्क विहिन

Apr 25th, 2023

बैशाख १२ ललितपुर
ललितपुरको चापागाउँ स्थित कार्यालय रहेको हरियाली बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष नारायण देशार सम्पर्क विहिन भएका छन् । देशारले सहकारी सदस्यहरुको करीब पौने २ करोड बचत फिर्ता गर्न नसकेका कारण सम्पर्क विहिन भएका हुन ।

हरियाली बचत तथा ऋण सहकारी संस्था लि.का प्रबन्धक प्रकाश थापाले बताए अनुसार सदस्यका बचत फिर्ता गर्न नसक्नु मुख्य कारण सहकारीको लगानी घर जग्गामा हुनु र विश्वभर भएको आर्थिक मन्दीले गर्दा सदस्यहरुकोे बचत फिर्ता गर्न नसकेको हो थापाका अनुसार सदस्यको बचत फिर्ता हुन्छ भन्ने उनी नै विश्वस्त छैनन् । बैंकबाट ऋण पाउने स्थिति सहज भए पछि सबै सदस्यहरु र बचत कर्ताको रकम फिर्ता गर्दै जाने बताए ।

त्यस्तै, ललितपुर जिल्ला बचत सहकारी संघका अध्यक्ष रामहरि बजगाईका भन्छन् हाल विश्वभर आर्थिक मन्दी भएका कारण आर्थिक मन्दी भर धैर्य गर्न सहकारी सदस्यहरुसंग अपिल गरेका छन् । सहकारीले बचत फिर्ता गर्न सजह नहुने र हाल सदस्यहरुको बचत फिर्ता गर्न सम्भव नभएको बताए ।