कविताः तिम्रो मायाले मेरो जीवन हो…

Apr 25th, 2023

काठमाडौं, बैशाख १२

तिम्रो मायाले मेरो जीवन हो बनाउने
मन पराएको मान्छे तिमिले हो जिउन सिकाउने
 
तिम्रो मिठो मुस्कानमा मेरो जिन्दगी फुल्दछ
विश्वास छ तिमिमा आशाको दियो जल्दछ
यो मेरो मनमा तिम्रो सुन्दर तस्बिर बसेको हुन्छ
माया भन्ने चिज मनमा लुकेको छ
 
मिलन बिछोड जिन्दगीमा भइरहन्छ
जीवन जिउन खोज्छु सहारा चाहिन्छ
मेरो मनकी मायालु सँग खुसी हुन चाहन्छु
सम्झनामा कति बस्ने तिम्रो साथ खोजिरहेछु

– गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी