• गृहपृष्ठ
  • भिभो भी२५ सिरिजः नेपाली प्रयोगकर्ताको लोकप्रिय स्मार्टफोन

भिभो भी२५ सिरिजः नेपाली प्रयोगकर्ताको लोकप्रिय स्मार्टफोन

Apr 23rd, 2023

काठमाडौं, बैशाख १०
विश्वव्यापी रूपमा भिभो नवीनता विशेषताहरु तथा यसको फराकिलो दायराका उत्पादनहरुका लागि परिचित स्मार्टफोन ब्राण्ड हो । भिभोको उच्चस्तरीय प्रविधि एवं आकर्षक विशेषता र मुल्यले गर्दा नेपालमा निकै लोकप्रिय स्मार्टफोन बन्न सफल भएको छ । भिभोका भी सिरिजलाई यसको उत्कृष्ट डिजाइन र विश्व–स्तरीय क्यामेरा प्रविधिले कन्टेन्ट क्रियटरहरुमाझँ आमुल परिवर्तन ल्याएको छ । त्यस्तै, भी२१, भी२३ फाइभजी, भी२३ई मा अत्याधुनिक इमेजिङ प्रविधि र स्लिक डिजाइन छ ।

साथै, प्रयोगकर्तालाई उत्कृष्ट अनुभवहरू प्रदान गर्ने भिभोको प्रतिबद्धताले यसलाई नेपालमा अझ लोकप्रिय बनाएको छ ।
भिभोको भी२५ सिरिजले आफ्ना आकर्षक विशेषताहरुको कारण नेपाली प्रयोगकर्ताहरूमाझ निकै लोकप्रियता हासिल गरेको छ । भी२५ सिरिजको कलर–चेन्जिङ ग्लासले विशेष चर्चा कमाएको छ, भने यी अलराउन्डर स्मार्टफोनले अधिकतम शक्ति र कार्यसम्पादन कायम राख्दै प्रयोगकर्ताहरूलाई अधिकतम उत्पादकता सुनिश्चित गरेको छ । यसबाहेक, भी२५ फाइभजी र भी२५ स्मार्टफोनमा ६४एमपी ओआईएस अल्ट्रा–सेन्सिङ रियर क्यामेरा रहेको छ जसले प्रयोगकर्ताहरूलाई उच्च गुणस्तरका तस्बिरहरू खिच्न मद्दत गर्दछ । साथै, ब्याक क्यामेरामा रहेको हाइब्रिड इमेज स्टेबलाइजेशन प्रणाली एक गेम–चेन्जर हो, जसले इलेक्ट्रोनिक इमेज स्टेबलाइजेशन र अप्टिकल इमेज स्टेबलाइजेशनको संयोजनबाट क्यामेरा हलचल भइरहेको बेलामा पनि स्थिर, स्पष्ट तथा उच्च गुणस्तरका भिडियोहरू खिच्दछ ।

भी२५ फाइभजीमा ५०एमपी अटोफोकश एचडी पोट्र्रेट फ्रन्ट क्यामेरा छ, जसले सेल्फी खिच्दा अनुपम अनुभव प्रदान गर्दछ । त्यस्तै भी२५ई मा ३२एमपी फ्रन्ट क्यामेरा रहेको छ । यी उच्चस्तरीय क्यामेरा सुविधाहरू कन्टेन्ट क्रियटरका लागि मात्र नभएर विभिन्न दैनिक कार्यहरूको लागि पनि उपयुक्त छन् । यसको फ्रन्ट क्यामेराको साहयताले स्पष्ट र सहज भिडियो कलहरू गर्न सकिन्छ भने भर्चुअल काम वा अनलाइन सिकाइलाई पनि सहज बनाउछ । यसको उत्कृष्ट इमेजिङ प्रविधि र विशेषताहरुका साथ, व्यक्तिगत र व्यावसायिक दुवै प्रयोगका लागि भरपर्दो र उच्च गुणस्तरको स्मार्टफोन खोज्ने नेपाली प्रयोगकर्ताहरूका लागि भी२५ सिरिज एक उत्तम विकल्प हो ।

अहिलेको समयमा स्मार्टफोनहरू दैनिक जीवनको अभिन्न अंग बनिसकेको छ, र भी२५ सिरिजले प्रयोगकर्ताहरूको दैनिक कार्यहरुलाई सहज बनाउन मद्दत गर्दछ । यी स्मार्टफोनहरूमा विस्तारित र्याम ३.० छन् जसलाई ८ जीबीसम्म विस्तार गर्न सकिन्छ । यसले प्रयोगकर्ताहरूलाई कुनै पनि अवरोध बिना एकैसाथ धेरै कार्यहरू गर्न र एक एपबाट अर्कोमा सहजै स्वीच गर्न सक्षम बनाउँछ । यसबाहेक, भी२५ फाइभजी मा डाइमेन्सिटी ९०० र भी२५ई मा जी९९ प्रोसेसर रहेको छ । भी२५ सिरिजमा ४५००एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज छ, जसले बिना कुनै ब्याट्री चिन्ता आनन्दले फोन चलाउँन सकिन्छ ।
भी२५ सिरिजले आफ्नो अभूतपूर्व डिजाइन, अतुलनीय शक्ति र उत्कृष्ट प्रदर्शनका कारण छोटो समयमै नेपालमा उच्च प्रशंसा पाइरहेको छ । प्रविधिको पोक्त ज्ञान र तिव्र जीवनशैलीसँग मेल खाने भएकाले भी२५ सिरिज नेपाली उपभोक्ताहरुका लागि उत्कृष्ट विकल्प हो ।