घट्यो सुनचाँदीको मुल्य

Apr 23rd, 2023

काठमाडौं, बैशाख १०

आज सुनचाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आइतबार ९ सय रूपैयाँले घटेर एक लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि आइतबार ५ रूपैयाँले घटेर १ हजार ४४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।