• गृहपृष्ठ
  • नेपालले दक्षिण एशियामा प्रभावकारी खाद्य प्रणाली विषयक सापलिङको क्षेत्रीय सम्मेलनको आयोजना गर्ने

नेपालले दक्षिण एशियामा प्रभावकारी खाद्य प्रणाली विषयक सापलिङको क्षेत्रीय सम्मेलनको आयोजना गर्ने

Apr 21st, 2023

काठमाडौं, बैशाख ८
सुधारिएको पोषण तथा वृद्धिको लागि दक्षिण एशियाली नीति निर्माताहरुको संगठन सापलिङ, जुन खाद्य प्रणालीको निमित्त धेरै सरोकारवालाहरु रहेको क्षेत्रीय सहकार्य मञ्च हो, सो संगठनले ढाका छलफलपछि यही २४ र २५ अप्रिलका दिन खाद्य प्रणालीहरुका सम्बन्धमा काठमाडौं छलफलको आयोजना गर्ने भएको छ । कार्यक्रमलाई राष्ट्रिय योजना आयोग, नेपालले हाल सापलिङको अध्यक्षता गरिरहेको बिआरएसि, बँगलादेश र विश्वकै सबैभन्दा ठूलो गैर सरकारी विकास संस्था, भारतीय विकास क्षेत्रको थिङ्क एण्ड डु ट्याँक, आइपिइ ग्लोबल लिमिटेड, र काठमाडौंमा प्रधान कार्यालय रहेको मुनाफारहित थिङ्क ट्याँक एकीकृत विकास अध्ययन संस्थान(आइआइडिएस), नेपालसंगको सहकार्यमा आयोजना गर्न लागेको हो ।

सन् २०२२ को डिसेम्बरमा सम्पन्न भएको ढाका खाद्य प्रणाली छलफल क्षृेत्रीय सहयोगका लागि सम्भावीत अस्त्रहरुका रुपमा तीन वटा विषयगत क्षेत्रहरु, जलवायु अनुकूल खाद्य प्रणालीहरु, उत्पादनपश्चात् हुने नोक्सानीहरु घटाउने र खाद्य सुरक्षा मापदण्डहरुमा केन्द्रित रहेको थियो । छलफलले क्षेत्रीय सहयोगको अस्त्रहरुको रुपमा प्राविधिक सहकार्य र स्थानान्तरण, बौद्धिक प्रणालीको सशक्तिकरण र सीमापार नीजि क्षेत्रको लगानीमा जोड दिनु पर्ने आवश्यकतालाई औंल्याएको थियो । काठमाडौंमा आयोजना हुने कार्यक्रमले दक्षिण एशियामा प्रभावकारी खाद्य प्रणाली निर्माणका लागि ती ३ वटा अस्त्रहरुलाई परिष्कृत गर्नेछ ।

नेपालमा हुन लागेको खाद्य प्रणाली सम्मेलनमा विभिन्न अनुसन्धान र शैक्षिक संस्थाका विज्ञहरु, नागरिक समाज, नीजि क्षेत्र, द्विपक्षीय र बहुपक्षीय संघसंस्थाका प्रतिनिधिहरु, र समाजसेवीहरुको सहभागीता रहनेछ । यसैगरी कार्यक्रममा नेपाल योजना आयोग, भुटान र श्रीलँकाको कृषि मन्त्रीहरु, नेपाल स्थित भारतीय उच्च आयोग, र ए२आइ, बँगलादेशका सरकारी प्रतिनिधिहरुसंग पनि उच्च तहको वार्ता हुनेछ ।

बिल गेट्स एण्ड मेलिन्दा फाउण्डेशनको आर्थिक सहायता रहेको सापलिङले दक्षिण एशियाको ५ वटा राष्ट्रहरुमा प्रमाणमा आधारित नीति, कामकारवाही र नेतृत्वलाई मूलधारमा राखेर सहमति कायम गर्ने लक्ष्य लिएको छ ।