• गृहपृष्ठ
  • आमाको मुख हेर्ने दिन सबैले सुन्न र हेर्नैपर्ने जे.बी. बिष्टको गीत

आमाको मुख हेर्ने दिन सबैले सुन्न र हेर्नैपर्ने जे.बी. बिष्टको गीत

Apr 19th, 2023

काठमाडौं, बैशाख ६
वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व वैशाख ७ गते अर्थात् भोलि जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी
पारी मनाइँदैछ ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ । वैशाख कृष्णपक्ष औँसीका दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात्मा तृऔँसीका रुपमा समेत मनाउँछन् ।

सो दिन परदेशमा गएका छोराछोरीले आमाबाबुले गरेको त्याग र योगदानलाई कसैले कहिले पनि नभुलुन भन्ने सन्देश सहितको गायक जे। बि। बिष्टले गाएको ‘सबै कुरा भूल तिमी आमाबुवा कहिले नभूल’ बोलको गीत निकै लोकप्रिय छ । बिष्टको सुमधुर स्वरले सुसज्जित मर्मस्पर्शी सन्देशमुलक सो गीतको भिडियो बजारमा उपलब्ध छन् ।  गीतमा स्वयं गायक विष्टकै शब्द संगीत रहेको छ भने संगीत संयोजन किरण कडेँलक रहेको छ । 

देशविदेशका रमणीय ठाउँहरुमा छायांकन भएको उक्त भिडियोलाई सिनेम्याटोग्राफर रुपक पौडेलले खिचेका र सम्पादन गरेका छन् भने कन्सेप्ट देदिप्य रिमालको रहेको छ । निर्देशक पुस्कर अधिकारीको निर्देशनमा बनेको उक्त भिडियोमा रुपा पौडेल, जयराम फुयाल, पार्वती पौडेल र रुपक पौडेलको बेजोड अभिनय देख्न सकिन्छ ।