• गृहपृष्ठ
  • सहकारीका प्रवन्धकलाई बचतकर्ताले गरे अभद्र व्यवहार

सहकारीका प्रवन्धकलाई बचतकर्ताले गरे अभद्र व्यवहार

Apr 18th, 2023

आधारभूमि

बैशाख, ५ भक्तपुर

भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका ३ स्थित कृषि विकास बचत तथा ऋण सहकारी संस्था लि.का प्रवन्धक समिर खत्री माथि बचत कर्ताले अभद्र व्यवहार गरी जुत्ताको माला र कालो मोसो दलेका छन् । करीब १५ जनाको समुहले अफिस तोडफोड गरी मंगलवार कार्यालयमै कालो मोसो दलेका हुन् । कालो मोसो दल्ने मध्ये ५ जना लाई महानगरीय प्रहरी प्रभाग ठिमीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ परेका मध्ये मध्यपुर ठिमी नगरपालिका वडा नंं.७ धुन्चेपाखा बस्ने बर्ष ४४ मुरारी नेपाल, ओखलढुङ्गा हर्कपुर घर भई हाल मध्येपुर ३ गठ्ठाघर बस्ने वर्ष ३६ की प्रेम कुमारी तामाङ्ग, झापा कोहोरा गा.पा. २ घर भई हाल गठ्ठाघर बोडे बस्ने वर्ष ३९ को कृष्ण संगौला, मधयपुर ठिमी नगरपालिका वडा नं. ९ बोडे बस्ने वर्ष ६३ को गोरख बा. गिरी र ओखलढुङ्गा लिखु गा.पा. वडा नंं.४ घर भई हाल कौशल्टार बस्ने बर्ष ३४ की पबित्रा तामाङ्ग रहेका छन् ।

तोडफोड र अभद्र व्यवहार गर्नेलाई कारवाही हुने प्रहरीले जनाएको छ । सहकारी संचालन ऐन अन्तर्गत स्थानीय सरकार सञ्चालन ऐन ७४ अन्तर्गत अनुसार सहकारी संचालन व्यवस्था ऐन अनुसार मध्यपुर ठिमी नगरपालिका उपमेयर विजय कृष्ण श्रेष्ठ लगायतको टीम र बचत कर्ताहरुको टिम बचतको सुरक्षाको लागि गत मंसीर महिनामा कृषि विकास बचत तथा ऋण सहकारी संस्था लि. संचालकहरुको पैत्रीक सम्पती करीव ४ अर्ब बराबरको सम्पत्ती मध्येपुर नगरपालिकाका उपमेयर विजय कृष्ण श्रेष्ठको पहलमा रोक्का समेत गत मंसीरमा गरिएको भए पनि बचत कर्ताहरुले प्रवन्धक समिर खत्री माथि जुत्ताको माला र कालो मोसो लगाएर दुव्र्यवहार गरेको सहकारी संचालकको गुनासो छ । पक्राउ परेकालाई नछुटाए ठगी मुद्दा चलाउन बचत कर्ताहरु मध्येपुर नगरपालिकामा नाराबाजी गरिरहेका छन् ।