नेपाल एयरलाइन्सले ३ वटा जहाज किन्दै

Apr 17th, 2023

काठमाडौं, बैशाख ४

नेपाल एयरलाइन्सले तीन वटा जहाज खरिद गर्ने भएको छ । नेपाल एयरलाइन्सले आन्तरिक उडानमा प्रयोग गर्ने उद्देश्यसहित तीन वटा जहाज खरिद गर्ने भएको हाे ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुर्गम क्षेत्रका आम जनताको ठूलो मागलाई सम्वोधन गर्न र हवाई कनेक्टिभिटी वढाउन दुर्गम क्षेत्रमा उडान भर्न सक्ने ३ वटा साना जहाज खरीद गर्ने कार्ययोजना अघि वढाउन निगम व्यवस्थापनको उप समिति गठन गरेर प्रक्रिया सुरु भएको हो ।

जहाज निर्माता कम्पनीबाट सिधै खरीद गर्ने गरी प्रक्रिया अगाडि बढाइएको समेत निगमले जनाएको छ । अहिले निगमसँग नियमित उड्न मिल्ने गरी एउटा मात्र जहाज उपलब्ध रहेको छ । निगमसँग यसअघि उपलब्ध चिनियाँ जहाज व्यवसायिक प्रयोजनमा उपयोगी नभएको र लागत मात्र थपेको भन्दै तीन वर्षदेखि नै थन्काएर राखिएको छ ।