कविताः हाँसी हाँसी गफ दिएर…

Apr 17th, 2023

काठमाडौं, ४ बैशाख

हाँसी हाँसी गफ दिएर फकायौ मलाई
गाउँघर , खोला, नदीको सम्झना गरायौ मलाई
जिन्दगीका हरेक पलमा साथ थियो तिम्रो
क्षण क्षणमा सहयोगी बनेर देखायौ
 
तिम्रो लज्जालु स्वभावमा मेरो माया लुकेको थियो
मेरो मनका चाहनामा लुकेर बसेको छौ आभास भयो
हर समय हेरिरहन्छु तिम्रा सुन्दर तस्बिरहरू
तिमि सँगै बोलेर समय बिताउन सकूँ सोचेको छु
 
सुन्दर ती नयनहरूको वर्णन गर्न खोजेको छु
सुन्दर तिम्रो मुहार हेरेर आफैलाई भुलाउन खोजेको छु
आउँ सँगै बसौँ केही कुरा सिक्नु छ
हाम्रा यी कथाहरू सबैलाई सुनाउनु छ
 
जिन्दगीका यात्राहरूको वर्णन गर्न खोजेको छु
यो प्रेम कहानीको इतिहास लेख्न खोजेको छु
सधैँ खुसी भइरहनु, आफ्नो हालखबर सुनाउनु
आउँ बस  खोजेको छु प्रेममय क्षणको वर्णन गर्न

-गोबिन्द राज ओझा (राजन)