• गृहपृष्ठ
  • ललितपुरको नमुना इङ्ग्लिस स्कुलमा नयाँ शैक्षिक सत्रको पठन पाठन शुरु :

ललितपुरको नमुना इङ्ग्लिस स्कुलमा नयाँ शैक्षिक सत्रको पठन पाठन शुरु :

Apr 16th, 2023

ललितपुर, ३ बैशाख

SLC को अन्तिम ब्याजमा जिल्ला प्रथम नतिजा दिलाउन सफल नमुना इङ्ग्लिस सेकेन्डरी स्कुल लुभूले सम्भवत जिल्लामै सबै भन्दा अगाडी हुँदै शैक्षिक सत्र २०८० को पठनपाठन कृयाकलाप आज बैशाख ३ गते देखि सुरु गरेको छ। उपत्याकामा नेवार जातीको बिशेष जात्रा यहि बैशाख महिनामा पर्ने भएका कारण धेरै विद्यालयको पठन पाठन र विद्यार्थीको उपस्थितिमा असर परेको देखिन्छ। चल्दै गरेका र आउदै गरेका जात्रा र पर्वहरुले महालक्ष्मी नगरपालिका पनि अछुतो हुने कुरै भएन।

जसका कारण क्षेत्रमै पहिलो पटक खुलेको नमुना इङ्ग्लिस सेकेन्डरी स्कुल लुभूमा पनि निकै कम मात्रामा विद्यार्थीहरुको उपस्थिति भएको विद्यालयका प्रिन्सिपल कैलाश कुमार मल्लले जनाए। स्कुलका प्रिन्सिपल तथा महालक्ष्मी नगर प्याब्सनका अध्यक्ष समेत रहेका मल्लले यस पालिकामा यो महिना भर पर्व र जात्राका कारण विद्यालय सुचारु गर्न गाह्रो हुने र गरे पनि विद्यार्थी उपस्थिति सङ्ख्या न्यून हुने जानकारी गराए। मल्लले महालक्ष्मी नगरपालिकालाई शिक्षाको हब बनाउने पालिकाका संस्थापक मेयर तथा बागमती प्रदेशका पुर्व स्वास्थ मन्त्रीको पालामा निर्धारित लक्ष्य प्राप्तिमा सफलता प्राप्त गर्न राम्रो हाम्रो महालक्ष्मी होइन कि हाम्रो राम्रो महालक्ष्मी बनाउनु पर्ने र जसका लागि आफ्नो कर्मथलोमा तनमनले लाग्दै नमुना योग्य कार्य गर्न पर्ने कुरा मल्लले बताउनु भयो।

यहि लक्ष्य र उदेश्य सहित आफूले कार्य गर्दै आएको कर्म थलो नमुनालाई क्षेत्रकै नमुना विद्यालयका रुपमा बिकास गर्न कुनै कुरामा कन्जुस्याई नगर्ने गरि लगानी बढाउदै लगेको र जस अन्तर्गत पहिलो चरनमा प्राइमरी बल्कको खेलमैदानमा लाखौको पलास्टिक दुबो बिछ्याइको र अब दोस्रो चरनमा कक्षा ५ सम्म ४३ इन्चको स्मार्ट TV ब्यवस्थापन गरिएको र उक्त Smart TV बाट smart app/ midas e learning classes सन्चालन गर्ने कुरा मल्लले सुनाए। यसै गरि मल्लले कक्षा ६ देखि माथी smart board/ interactive board/ projector को सहायताले सिकाइ क्रियाकलापलाई नमुना योग्य बनाउने कुरा मल्लले जनाए।