• गृहपृष्ठ
  • खुल्ला साबिक वार्ड स्तरिय भलिबल प्रतियाेगिता

खुल्ला साबिक वार्ड स्तरिय भलिबल प्रतियाेगिता

Apr 16th, 2023

सोलुखुम्बु ,बैशाख

आज सोलुखुम्बु जिल्ला नेचासल्यान गा.पा. – १, ख्याम्पु स्थित भुमेश्वरी मा.बि. को खुल्ला मैदानमा स्थानिय मगर शेवा समाजले नवबर्ष (२०८०) को अवशरमा सम्पुर्ण गा.पा. भरिका खेलाडीहरुलाई मध्यनजर गर्दै साबिक वार्डस्तरिय खुल्ला भलिबल प्रतियोगिता सञ्चालन गरेको छ। सो खेलमा बाजी मार्ने प्रथम, द्वितिय, तृतियले क्रमश – रु ( ३३,३३३), – (२२,२२२)- (१५,५५५), को साथमा ट्रफि, मेडल,र प्रमाणपत्र पाउने ब्यबस्था रहेको छ।

उक्त खेलमा सहभागी खेलाडी हरुले सान्त्वना पुरस्कारका साथ, साथै सहभागी खेलाडीहरु मध्येबाट आ-आफ्नो बिधामा उत्कृष्ट तथा सर्वोत्कृष्ट खेलाडीहरुलाई सम्बन्धित खेलको छुट्टा छुट्टै विभिन्न बिधामा समेत पुरस्कारहरु ग्रहण गर्न सक्ने ब्यबस्था रहेका र यो खेल लगातार तिन दिन सम्म निरन्तर चलिरहने आयोजकका अध्यक्ष राजकुमार मगरले हामीलाई बताएका छन्। आजको कार्यक्रममा सभापतिको भुमिका मा स्थानिय होम बहादुर मगर रहेका थिए, भने प्रमुख अतिथिमा स्थानिय गा.पा.प्रमुख धनजन राई रहेका छन् ।

आज आयोजित भलिबल खेलमा जम्मा १६, टिमका खेलाडीहरु खुल्ला मैदानमा प्रतिस्पर्धा गर्न सहभागी भएका छन्। यो तीन दिने भलिबल खेलका निर्णायक भने मेख बहादुर तामाङ्ग,खडक जङ्ग राई, र मिलन के.सी. गरि तिनजना रहेको छन्।