घट्यो सुनको मूल्य

Apr 16th, 2023

काठमाडौं, बैशाख ३

आज आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आइतबार ८ सय रूपैयाँले घटेर एक लाख १० हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ९ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने आइतबार स्थिर रहेर १ हजार ४५० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।