• गृहपृष्ठ
  • मेडिकल स्नातकको लाइसेन्स परीक्षा तालिका सार्वजनिक

मेडिकल स्नातकको लाइसेन्स परीक्षा तालिका सार्वजनिक

Apr 12th, 2023

काठमाडौं, चैत २९

आउँदो वर्ष २०८० का लागि स्नातक र स्नातकोत्तर तहको लाइसेन्स परीक्षा तालिका नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको छ ।

स्नातकको जेठ, असोज र माघमा लाइसेन्स परीक्षा हुनेछ । सार्वजनिक गरिएको तालिका अनुसार स्नातकोत्तरको विशेष परीक्षा साउन, मंसिर र चैतमा हुनेछ । आउँदो वर्ष स्नातक तहको पहिलो लाइसेन्स परीक्षा जेठ १७, १८ र १९ गते हुनेछ ।

परीक्षाका लागि वैशाख ४ गतेदेखि अनलाइन फराम खुला गरिनेछ । काउन्सिलले यो पटकको परीक्षामा विदेशी कलेजहरूमा भर्ना भई नेपालमै इन्टर्नसिप गरिरहेका विद्यार्थी पनि सहभागी हुन पाउने जनाएको छ ।