• गृहपृष्ठ
  • ललितपुर महानगरमा कोरोनाविरुद्धको खोप अभियान शुरु

ललितपुर महानगरमा कोरोनाविरुद्धको खोप अभियान शुरु

Apr 11th, 2023

ललितपुर, २८ चैत

ललितपुर महानगरपालिकामा कोरोनाविरुद्धको खोप अभियान सुरु भएकाे छ । आज, भोलि र पर्सि तीन दिन खोप अभियान चल्ने महानगरपालिकाले जनाएको छ । महानगरले सबै खोप केन्द्रमा फाइजर कम्पनीको खोप दिने जनाएको छ । पहिलो मात्रा लगाएको तीन महिना पूरा भएका र बुस्टर मात्रा लगाएर ६ महिना पूरा भएकालाई लक्षित गरेर खोप अभियान चलाउन लागिएको हो ।
यस्तै, ललितपुरको महालक्ष्मी नगरपालिकाले पनि आज, भोलि र पर्सि कोरोनाविरुद्धको बुस्टर मात्रा खोप कार्यक्रम सञ्चालन गरेकाे हाे । १० वटै वडाका स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रमा खोप कार्यक्रम हुनेछ । पहिलो बुस्टर मात्रा नलगाएका तथा बुस्टर मात्रा लगाएको ६ महिना पूरा भएकाहरुले खोप लगाउन सक्ने महालक्ष्मी नगरपालिकाले जनाएको छ।