• गृहपृष्ठ
  • चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न चार जना पक्राउ

चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न चार जना पक्राउ

Apr 9th, 2023


काठमाडौं, चैत २६

चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा ४ जनालाई काठमाडौं महानगरपालिका-३२ का विभिन्न स्थानबाट बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रे सिम्ले गाउँपालिका-६ घर भई काठमाडौं बौद्ध बस्ने १९ वर्षीय राज तामाङ, दोलखा कालिन्चोक गाउँपालिका-२ घर भई भक्तपुर व्यासी बस्ने १९ वर्षीय सुजन बुढाथोकी, रौतहट घर भई काठमाडौं चावहिल बस्ने २० वर्षीय अजय कुमार र पर्सा जर्गनाथपुर गाउँपालिका-२ घर भई काठमाडौं पेप्सिकोला बस्ने १९ वर्षीय जलि आलम मियाँ रहेका छन् ।

प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले मोटरसाइकल चोरी गरी विक्री गर्ने कार्यमा संलग्न रहेका उनीहरूलाई चोरी गरेको ८ थान मोटरसाइकलसहित पक्राउ गरेको हो । उनीहरु उपर चोरी तथा डाँका मुद्दामा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको गरिरहेको छ ।