• गृहपृष्ठ
  • लायन्स क्लब अफ इमाडोलद्वारा स्वास्थ्य प्रशिक्षण शुरु

लायन्स क्लब अफ इमाडोलद्वारा स्वास्थ्य प्रशिक्षण शुरु

Apr 6th, 2023


काठमाडौं, चैत्र २३
लायन्स क्लब अफ काठमाडौंको इमाडोल शाखाको आयोजनामा महिलाहरुमा हुने स्वास्थ्य समस्या गाइनो प्रशूति, प्रजनन स्वास्थ्य सम्बन्धि दुई दिने प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । प्रशिक्षण कार्यक्रम जनस्वास्थ्य कार्यालय ललितपुरकी अम्बिका पाण्डेले दिएकी थिइन् ।

कार्यक्रममा ५० जना सहभागी भएका थिए । प्रशिक्षण कार्यक्रमको सहयोगीको भूमिका इमाडोल हेल्थ पोष्ट, लायन्स क्लब अफ काठमाडौं महिमा, लायन्स क्लब अफ काठमाडौं, कम्युनिटी पिसले गरेका थिए । प्रशिक्षणको अध्यक्षता लायन्स क्लब अफ काठमाडौं, इमाडोल शाखाकी अध्यक्ष लिला शर्माले गरेकी थिइन् ।