घट्यो सुनको भाउ

Apr 6th, 2023

काठमाडौं, चैत २३

नेपाली बजारमा बिहिबार सुनको भाउ घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ ।

योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।