• गृहपृष्ठ
  • अब भिभोको वाई सिरिजका स्मार्टफोनले गर्छ जीवनका मागहरू पूरा

अब भिभोको वाई सिरिजका स्मार्टफोनले गर्छ जीवनका मागहरू पूरा

Apr 6th, 2023

काठमाडौं, चैत २३

अहिले स्मार्टफोनहरूमा डिजाइन, डिस्प्ले, इमेजिङ प्रणाली जस्ता विभिन्न विशेषताहरु छन् । यद्यपि, फोनले यी सबै सुविधाहरुलाई समर्थन गर्न यसको प्रशोधन शक्ति, गतिशील र्याम, र बलियो ब्याट्रीमा निर्भर गर्दछ । स्मार्टफोनको बढ्दो प्रयोगको युगमा बलियो प्रशोधन प्रणालीको आवश्यकता हाम्रो दैनिक जीवनको केन्द्रीय पक्ष बनेको छ । भिभो, एक अग्रणी स्मार्टफोन ब्राण्डले नेपालमा प्रयोगकर्ताहरू र समीक्षकहरूबाट वाई सिरिजका स्मार्टफोनहरूको प्रभावशाली कार्यसम्पादन क्षमताहरूको लागि राम्रो प्रशंसा पाएको छ ।

वाई १५सी

वाई १५सी मा ५०००एमएएचको शक्तिशाली ब्याट्री रहेको छ जसले दैनिक प्रयोगको लागि पर्याप्त ब्याट्री जीवन प्रदान गर्दछ । एक फुल चार्जले वाई १५सी मा १७ घण्टा भन्दा बढि एचडी चलचित्र हेर्न वा ८ घण्टा भन्दा बढि नन-स्टप गेमिङलाई समर्थन गर्न सक्छ । रिभर्स् चार्जिङ समर्थन गर्ने भएकाले यसलाई पावर बैंक जसरी अन्य उपकरणहरु चार्ज गर्न पनि प्रयोग गर्न सकिन्छ । फोनमा ३ जीबी र्याम र ३२ जीबी स्टोरेज रहेको छ । यसबाहेक, फोनमा १३एमपी एआई डुअल ब्याक क्यामेरा, र २एमपी सुपर म्याक्रो क्यामेरा रहेको छ । यो स्मार्टफोन हाल देशभर रु १४,९९९ मा उपलब्ध छ । 

वाई १५एस

यो स्मार्टफोनमा शक्तिशाली तथा लामो समयसम्म चल्ने ५०००एमएएच ब्याट्री र साइड माउन्टेड फिंगरप्रिन्ट टेक्नोलोजी रहेको छ । प्रयोगकर्तालाई पर्याप्त स्टोरेज सुनिश्चित गर्न यसमा ३ जीबी र्याम र ६४ जीबी रोम रहेको छ । यसमा मल्टि-टर्बो ३.० प्रविधि छ जसले राम्रो नेटवर्क कार्यसम्पादन, द्रुत शीतलता, द्रुत कार्य, र एपहरू बीच सिमलेस अनुभव प्रदान गर्दछ । फोनमा १३एमपी एआई डुअल ब्याक क्यामेरा र ८एमपी फ्रन्ट क्यामेरा छ जसबाट प्रयोगकर्ताहरूले आकर्षक सेल्फीहरू लिन सक्छन् । यो उत्कृष्ट उपकरण मिस्टिक ब्लू र वेभ ग्रीन रंगहरूमा उपलब्ध छन् । यहीँ अप्रिल महिनाबाट यो स्मार्टफोन नयाँ मुल्य रु १७,९९९ मा उपलब्ध छ ।

वाई २०एस

वाई २०एस ले उत्कृष्ट प्रदर्शन र गेमिङ अनुभव प्रदान गर्दछ । यसको ५०००एमएच ब्याट्री र १८ वाट फ्ल्यास चार्जिङको साहयताले प्रयोगकर्ताहरु ब्याट्रीको चिन्ताबाट मुक्त हुन सक्छन् किनकि यसको फ्ल्यासचार्ज टेक्नोलोजीले मात्र ६९ मिनेटमा ७० प्रतिशतसम्म चार्ज गर्दछ । यसमा क्वालकम स्न्यापड्रेगन ४६० प्रोसेसर, ४जीवी र्याम र १२८ जीवी स्टोरेज रहेको छ जसलाई २५६जीवी सम्म विस्तार गर्न सकिन्छ । गेमिङ अनुभवलाई फोनको अल्ट्रा गेम मोडले थप परिष्कृत गरेको छ, जसलाई ईस्पोर्ट्स मोड र पप-अप विन्डो अप्टिमाइजेसनसँग बढाइएको छ । यो स्मार्टफोन अप्रिल महिनादेखि रु २३,९९९ मा उपलब्ध छ ।