एकैदिन ९८ जना कोरोना संक्रमित

Apr 5th, 2023

काठमाडौं, चैत २२

बढ्दो कोरोना संक्रमणसँगै पछिल्लो २४ घण्टामा ९८ जना संक्रमित थपिएका छन् ।  १७६८ जनामा गरिएको नमुना परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । 

४२७ पीसीआर परीक्षणबाट ७१ जना र १३४१ एन्टिजेन परीक्षणबाट २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस अवधिमा २८ जना निको भएका छन् । हाल देशभर ३२२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।