नेप्से ०.१५ अंकले वृद्धि

Apr 5th, 2023

काठमाडौं, चैत २२

प्रि–ओपन सेसनमा बुधबार सेयर बजारमा झिनो सुधार देखिएको छ । नेप्से परिसुचकमा ०.१५ अंकले वृद्धि भइ १८६६.८२ विन्दुमा आएको छ ।

यो सँगै ८ कम्पनीको १ हजार ४२२ कित्ता सेयर खरिदबिक्री र १ लाख ९७ हजार ४८२ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी घटेको छ । त्यस्तै एक कम्पनी भने स्थिर रहेको छ । 

यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ भने ३ कम्पनीमा गिरावट आएको छ। बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।