• गृहपृष्ठ
  • एसईर्ई (आइरन गेट) परीक्षमा ३ केन्द्रमा १४ विद्यार्थी अनुपस्थित

एसईर्ई (आइरन गेट) परीक्षमा ३ केन्द्रमा १४ विद्यार्थी अनुपस्थित

Apr 3rd, 2023

काठमाडौं, चैत २०

ललितपुर जिल्लाबाट एसईर्ई (आइरन गेट) परीक्षमा ३५ केन्द्रका ९,७८९ जना विद्यार्थीहरु मध्ये महालक्ष्मीनगरका ३ केन्द्रमा १४ विद्यार्थी अनुपस्थित भएको खवर छ । महालक्ष्मी नगरपालिका वडा नं.३,४,६ का तीन केन्द्र मध्ये महेन्द्र आदर्श मा.वि.मा एसईर्ई परीक्षा (आइरन गेट) मा २६९ जना मध्ये १२ जना विद्यार्थी अनुपस्थित भएका छन् । गम्भीर समुन्द्र सेतु मा.वि.का २ जना छन । सिद्धिमंगल मा. वि.मा भने कुनै विद्यार्थी अनुपस्थित छैनन । सो विद्यालयमा चिकित्सक सहित स्वास्थ्य सेवाको व्यवस्था मिलाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी बहादुर महर्जनले बताए ।

त्यस्तै, महालक्ष्मी नगरका ३ केन्द्र मा ८ सय १३ विद्यार्थीले परिक्षामा नाम सहभागी गराएका थिए । अनुगमन टोलीमा ललितपुर शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख निम प्रकाश सिंह राठोर, ललितपुर महानगर प्याब्सनका अध्यक्ष हिरा महर्जन, महालक्ष्मी नगरपालिका प्याब्सनका अध्यक्ष कैलास कुमार मल्ल, आधारभूमि डटकमका अध्यक्ष बलराम वाग्ले लगायतका टोलीले अनुगमन गर्ने क्रममा थाहा भएको हो । अनुगमन टोलीका अनुसार परीक्षा शान्तिपुर्ण रहेको पाईएको छ ।