सुनको मूल्यमा सामान्य गिरावट

Apr 3rd, 2023

काठमाडौं, चैत २०

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार पनि सुनको मूल्य घटेको छ । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य १ लाख ८ हजार रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ५०० रुपैयाँ कायम छ ।

यसैगरी, आज चाँदीको मूल्य समेत तोलामा २० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ कायम छ ।