• गृहपृष्ठ
  • थिमीका दुई सहकारीले स्वास्थ्य शिविर र गराए रक्तदान

थिमीका दुई सहकारीले स्वास्थ्य शिविर र गराए रक्तदान

Apr 2nd, 2023


काठमाडौं, चैत १९
६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर शप्तकौशिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३ औं स्थापना दिवशको अवसर पारेर आँखा तथा मधुमेह (चिनी) सुगर रोगको स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

स्वास्थ्य शिविर शंखधर आई केयर र श्रेष्ठ प्याथलोजी ल्याबका डा. बशन्त सिंह र डा. रोजिता बज्राचार्यले स्वास्थ्य परिक्षण गरी सहयोग गरेको सहकारीका अध्यक्ष गोविन्द कृष्ण श्रेष्ठले बताए । शिविरमा १०० जनाले आँखा उपचार गराएका थिए भने मधुमेह (चिनी) सुगर रोगको ६० जनाले उपचार गरी लाभ पाएका शंखधर आई केयरका सन्तोष खड्काले बताए ।

त्यस्तै, शंखधर बचत तथा ऋण सहकारी संस्थाले पनि बृहत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा ३५ जनाले रक्तदान गरेको संस्थाले जनाएको छ ।