• गृहपृष्ठ
  • मिसन ग्रासरुटद्वारा वडा फुटसल प्रतियोगिता सम्पन्न

मिसन ग्रासरुटद्वारा वडा फुटसल प्रतियोगिता सम्पन्न

Apr 1st, 2023

ललितपुर, चैत १८

मिसन ग्रासरुट अभियान अन्तर्गत राष्ट्रिय युवासंघ नेपाल गोदावरी नगर कमिटी ललितपुरद्वारा आयोजित अन्तर वडा फुटसल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा गोदावरी नगरपालिका वडा नं. ११ चापागाउ बिजेता र वडा नं.१ गोदामचौर उपबिजेता हुन सफल भई क्रमश रु. ५०,००० र २०,००० का साथ मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।

प्रतियोगितामा वडा नं. १ टिमका अरुण लामा उत्कृष्ट खेलाडी, वडा नं.१ का नदिम देशार उत्कृष्ट गोलरक्षक र वडा नं.३ (बि) टिमका दामोदर कॅुबर उच्च गोलकर्ता बन्न सफल हुनु भएको छ । प्रतियोगिताको बिजयी टिमका खेलाडीहरुलाई नेकपा एमाले बागमती प्रदेश सभा संसदिय दलका प्रमुख सचेतक माननीय मधुसूदन पौडेल, राष्ट्रिय युवासंघ नेपाल केन्द्रिय कमिटीका महासचिब क्षितिज थेबे, केन्द्रिय सदस्य एवम् ललितपुर ईन्चार्ज राजु श्रेष्ठ, जिल्ला अध्यक्ष चिन लामा, नेकपा एमाले जल्ला सदस्य श्याम बजगाई लगायतका अतिथिहरुबाट पुरस्कार बितरण गर्नु भएको थियो ।