• गृहपृष्ठ
  • ६६ औं सहकारी दिवशमा दुई सहकारीले चलायो शिविर

६६ औं सहकारी दिवशमा दुई सहकारीले चलायो शिविर

Apr 1st, 2023

आधारभूमि

चैत्र ,१८ ललितपुर

६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर कौशिका बचत तथा ऋण सहकारी संस्था लि.ले आँखा शिविरको आयोजना गरेको छ । आँखा शिविर शंखधर आई केयर र श्रेष्ठ प्याथलोजी ल्याबका डा. बशन्त सिंह र डा. रोजिता बज्राचार्यले परिक्षण गरी सहयोग गरेको सहकारीका अध्यक्ष गोविन्द कृष्ण श्रेष्ठले बताए । शिविरमा महिला/पुरुष/बच्चा गरि १०० जनाले आँखा जाँच गरेको शंखधर आई केयरका सन्तोष खड्काले जानकारी गराए । भोली मधुमेशह चिनी रोगको पनि शिविर हुने संस्थाले जनाएको छ ।

त्यस्तै, शंखधर बचत तथा ऋण सहकारी संस्थाले पनि बृहत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान कार्यक्रम महिला ८ पुरुष २७ गरी जम्मा ३५ जनाले रक्तदान जिवन दान गरेको संस्थाले जनाएको छ ।