• गृहपृष्ठ
  • एसईर्ई (आइरन गेट) परीक्षामा महालक्ष्मी ८ का २ केन्द्रमा ४ विद्यार्थी अनुपस्थित

एसईर्ई (आइरन गेट) परीक्षामा महालक्ष्मी ८ का २ केन्द्रमा ४ विद्यार्थी अनुपस्थित

Mar 31st, 2023

आधारभूमि सम्वाददाता चैत्र १७
ललितपुर जिल्ला बाट एसईर्ई (आइरन गेट) परीक्षमा ३५ केन्द्रका ९,७८९ जना विद्यार्थीहरु मध्ये महालक्ष्मी ८ का २ केन्द्रमा ४ विद्यार्थी अनुपस्थित भएको खवर छ । महालक्ष्मी नगरपालिका वडा नं.८ का दुई केन्द्र मध्ये महालक्ष्मी मा.वि.मा एसईर्ई परीक्षा (आइरन गेट) मा २६८ जना मध्ये ३ जना विद्यार्थी अनुपस्थित भएका छन् ।

सरकारी तर्फ विश्वमित्र मा.वि.का २ छात्रा र प्राइभेट तर्फ महालक्ष्मी एकाडेमीका एक जना छात्र अनुपस्थित भएका छन् । त्यस्तै, लुभु मा.वि.का २५९ जना मध्ये १ जना विद्यार्थी वाल कुञ्ज मा.वि.का छात्र अनुपस्थित भएको बुझिएको । आज महालक्ष्मी नगर प्याब्सन र सचार कर्मीले निरीक्षण गर्ने क्रममा थाहा भएको हो ।

अनुगमन टोलीका अनुसार परीक्षा शान्तिपुर्ण रहेको पाईएको छ । सो दुई केन्द्रमा ५२७ जनाको नाम सिफारिस गरिएका थिए भने परीक्षामा अनुपस्थित हुनुका कारण आर्थिक अवस्था कमजोर भएको हुन सक्ने स्कूलका प्रधानअध्यापकहरु र निरीक्षण टोलीको ठम्याई छ ।