सुनचाँदीको मूल्य सामान्य वृद्धि

Mar 29th, 2023

काठमाडौं, चैत १५

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य सामान्य वृद्धि आएको छ । महासंघले आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदीको मूल्य तोलामा १ हजार ६६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।