• गृहपृष्ठ
  • भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै करौडौंको ठगी गर्ने गिरोह पक्राउ

भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै करौडौंको ठगी गर्ने गिरोह पक्राउ

Mar 28th, 2023

काठमाडौं, चैत १४

भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै करौडौंको ठगी गर्ने गिरोह पक्राउ परेका छन्। प्रहरीले उक्त गिरोहलाई आइतबार ललितपुरको धापाखेल एरियाबाट पक्राउ गरेको हो।

काठमाडौंमा सानु भण्डारी समेतको संयुक्त मिलेमतोमा २०७७ साल देखि हाल सम्म बिभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनि बिभिन्न किसिमका प्रलोभन र बिश्वासमा पारी ठगी गरेको भन्दै प्रहरीको मा उजुरी परेको थियो। उनीहरुले ८१ जना पीडितहरुबाट करिब र १३ बढी ठगी गरेको भनि पीडितहरुले दिएको किटानी जाहेरी दरखास्तको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगर २३ घर भई भएको ५० वर्षीय सानु भण्डारी, मोरङ पथरी शनिश्चरे न.पा. १० घर भएको ४९ वर्षीय केशव प्रसाद दुलाल र पाँचथर फिदिम न.पा. ७ घर भएको ४५ वर्षीय टंक कुमार गुरूङ रहेका छन्।