• गृहपृष्ठ
  • कृषि विकास बैंकले पोखरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कृषि विकास बैंकले पोखरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Mar 28th, 2023

काठमाडौं, चैत १४

 कृषि विकास बैंकको आयोजनामा पोखरामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । ‘Learn. Save. Earn’ स्थायी नाराका साथ हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ‘Global Money Week’ को एघारौं संस्करण ‘Plan your money, plant your future’ भन्ने नाराका साथ यस वर्ष मार्च ६ देखि १२ सम्म देशभर बैंक तथा वित्तीय संस्थाहरुको प्रत्यक्ष संलग्नतामा वित्तीय साक्षरता कार्यक्रमका साथ मनाइदैछ ।

यहि उपलक्षमा बैंकले पोखराको गुरुकुल विद्या सदन नयाँबजार पोखरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । कक्षा ११ मा विज्ञान मुख्य विषयलिई अध्ययनरत विद्यार्थीहरुलाई कृषि विकास बैंकका उपमहाप्रवन्धक प्रेम कुमार श्रेष्ठ र नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक आर्या जोशीले वित्तीय साक्षरता सम्वन्धमा प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रममा विद्यार्थीहरुलाई बैंकको विकासक्रम, बचत गर्ने बानी, बचतको महत्व र बचतलाई आफ्नो आवश्यकता अनुसार बैंकको विभिन्न किसिमका खातामा जम्मा गर्ने, यसले पार्ने सकारात्मक प्रभाव, बैंकले उपलब्ध गराउने कर्जाका प्रकारहरु र कृषि विकास बैंकले उपलब्ध गराउने निक्षेप तथा कर्जाका किसिमका अतिरिक्त विभिन्न डिजिटल प्रोडक्टहरु र त्यसको उपयोगिता का अतिरिक्त वित्तीय अनुशासनका बारेमा पनि विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।