सुनको मूल्यमा सामान्य गिरावट

Mar 27th, 2023

काठमाडौं, चैत १३

नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य दुई सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जानकारी दिएको छ ।

सोहीअनुसार आज छापावाला सुनको मूल्य एक लाख ९ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य एक लाख ८ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ३ सय साठ्ठी रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।