• गृहपृष्ठ
  • नमुना माध्यामिक विद्यालयको ४१ औं अभिभावक दिवस सम्पन्न

नमुना माध्यामिक विद्यालयको ४१ औं अभिभावक दिवस सम्पन्न

Mar 26th, 2023

ललितपुर, चैत १२

शनिबार लुभू स्थित नमुना माध्यामिक विद्यालयले बागमती प्रदेशका निर्वतमान स्वास्थ मन्त्री रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यतामा विद्यालयको ४१ औ अभिभावक दिवस सम्पन्न गरेको छ।
अभिभावक दिवसको अवसरमा शिक्षा क्षेत्रमा लामो समय देखि योगदान दिदै आउनु भएका ब्यक्तित्वहरुलाई निर्वतमान मन्त्री रामेश्वर श्रेष्ठले सम्मान पत्र प्रदान गर्नु भएको थियो। मन्त्री श्रेष्ठले विद्यालयलाई उत्कृष्ट बनाउन योगदान गरे बापत प्रदान गरिने नमुना शैक्षिक सम्मान -२०७९ बाट सम्मानित हुन सफल माध्यामिक तह तर्फबाट राजु खड्का; आधारभूत तह तर्फ रुपा खड्का महिला अभिभावकको तर्फबाट विद्यालय ब्यवस्थापन समितीकि सदस्य सन्चिता चन्द ठकुरी, पुरुष अभिभावक तर्फ बाट शिक्षक अभिभावक संघका अध्यक्ष गङ्गा बहादुर महर्जन र दुर्गम जिल्ला रुलुममा जन्मेर पनि राष्ट्रकाे समग्र र्शिक्षा बिकासको लागि करिब दुई दसक देखि अहोरात्र लागि पर्ने निष्ठा र इमानका प्रतीक हाल महालक्ष्मी नगरपालिका लुभू ८ बस्ने शिक्षा बिकास तथा समन्वय इकाई ललितपुरका निमित्त इकाई प्रमुख बिश्वास रोका मगरलाई दोसल्ला ओढाउदै सम्मान पत्र पर्दान गर्नु भएको थियो।


११ बजे देखि मन्त्री श्रेष्ठ बाट उद्घाटित कार्यक्रम बेलुका ४ बजे सम्म चलेको थियो भने उक्त कार्यक्रम काष्ठमान्डम टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो भने अनलाइन समाचार सङकलन जनताको प्रिय अनलाइन पत्रीका आधारभुमी डटकम लगायत आधा दर्जन पत्रीकाले विद्यालयमा बालबालिकाले प्रस्तुत गरेका प्रतिभाहरुलाई हौसला दिने कार्य पनि गरिएको थियो।

अतिथिबाट कोरोना कहरका कारण मुस्किलले संचालित namuna sports meet -2078 रोकिएको को पुरुस्कार विद्यालय बाट भएका प्रतिस्पर्धामा बिजेता भएका १५० खेलाडी विद्यार्थीलाई मेडल वितरण गरिएको थियो।
विद्यालयका सञ्चालक प्रिन्सिपल कैलाश कुमार मल्लको सभापतित्वमा भएको कार्यक्रममा महालक्ष्मी नगरपालिकाका शिक्षा प्रमुख चिरञ्जीवी पौडेल; शिक्षक महासंघ महालक्ष्मीका अध्यक्ष मिन अछामी, प्याब्सन ललितपुरका वरिष्ठ उपाध्यक्ष तारा प्रसाद खनाल लगायतले विद्यालयलले गरेको योगदानको चर्चा गर्दै यो क्षेत्रकै सबै भन्दा पुरानो विद्यालयलले नमुना माबिले आफ्नो ४१ औ अभिभावक दिवस मनाइ राख्दा यो विद्यालयको शैक्षिक नेतृत्व कुसल अनि सबल भएकोले अभिभावकज्यूहरुले यो विद्यालयमा आफ्ना नानीबाबुहरु पढाउन पाउनु गर्वको कुरा भएको कुरा राख्नु भएको थियो।

अभिभावक विद्यार्थी र अतिथि गरेर करिब सात सयको उपस्थितिमा भब्य रुपले विद्यालयकी सञ्चालक अध्यक्ष रीता श्रेष्ठ र कक्षा नौमा अध्ययनरत विद्यार्थी सुपृया राईद्वारा सञ्चालित कार्यक्रम सञ्चालक प्रिन्सिपल कैलाश कुमार मल्ल (के के मल्ल)ले सभापतित्व गरेको कार्यक्रममा स्वयं मल्लले सम्पन्न भएको घोषणा गर्दै विद्यालयले क्षेत्रमै मात्र नभएर सिङ्गो जिल्लामै शिक्षा क्षेत्रमा अभिभावकले न्यूनतम शुलकमा स्तरीय शिक्षा दिलाउदै आएको र यो कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै नमुना स्कुलको बिकल्प थोरै मात्र शैक्षिक संस्था रहेको कुरा ठाेकुवा गर्नु भयो।