• गृहपृष्ठ
  • लाकुरी भज्याङमा पिडितमाथि प्रहरीको असहयोग

लाकुरी भज्याङमा पिडितमाथि प्रहरीको असहयोग

Mar 25th, 2023

काठमाडौं, चैत ११

महालक्ष्मी नगरपालिकामा कुटपिटको विषयमा पिडितमाथि प्रहरीले असहयोग गरेको छ । गत फागुन २९ गते स्थानीयवासी साङ्गे लामामाथि वडाका पूर्व अध्यक्ष बलराम लामाले हातपात गरेकोमा उक्त विषयमा प्रहरीले उल्टै पिडित साङ्गे लामालाई पक्राउका लागि लागेको छ ।

कुटपिट भएको घटनाको विषयमा लाकुरी भज्याङ प्रहरी चौकीमा उजुरी गर्दा उजुरी गर्दा सई अमृत कोइरालाले उजुरी लिन अस्वीकार गरेको पिडित लामाको आरोप छ । उल्टै कुटपिट गर्ने पूर्व वडाध्यक्ष बलराम लामाले जिल्ला प्रशासन कार्यालय ललितपुरमा उजुरी गरी पिडित साङ्गे लामा विरुद्ध प्रकाउ पुर्जी जारी भएको हो ।

उजुरी दर्ता नगर्ने सई कोइराला पिडित लामालाई पक्राउ गर्न खोज्दै हिडेको बुझिएको छ । स्थानीयवासी सुक्रमान लामाका अनुसार प्रहरीले वर्तमान जनप्रतिनिधि, वडाध्यक्षसँग, प्रहरी प्रभाग लुभुसँग समन्वय नगरेको र पूर्व वडाध्यक्षसँग समन्वय गर्नुले सई कोइराला नियतमा खोट रहेको बताउँछन् ।

उनका अनुसार सई कोइराला अनधिकृत टिप्पर ब्यवसायीहरु र स्थानीय रक्सि उत्पादनकर्तासँग चन्दा लिने गरेको आशंका छ ।