• गृहपृष्ठ
  • तिब्बेतियनलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा पाँच जना पक्राउ

तिब्बेतियनलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा पाँच जना पक्राउ

Mar 23rd, 2023

काठमाडौं, चैत ९

तिब्बती शरणार्थीहरुको नेपाली नागरिकता बनाइदिएको आरोपमा पाँच जना पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयले काडमाडौँको बबरमहलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

झापा कचनाकवल गाउँपालिका–३ का ४७ वर्षीय कृष्णबहादुर कटुवाल, काठमाडौं–११ बबरमहलका ७० वर्षीय न्युल्केश श्रेष्ठ, मोरङ सुन्दरहरैचा नगरपालिका–३ का ४९ बर्षीय हिरालाल शिवाकोटी, तनहुँ शुक्लागण्डकी नगरपालिका–८ का २५ वर्षीय लोब्साङ ठिन्ले र ललितपुर गोदावरी नगरपालिका–७ का ३० वर्षीय बिजय लामालाई प्रहरीले पक्राउ गरेको छ । 

उनीहरूले व्यक्तिहरूको नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रहरू, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, बसाइसराइँ, विवाह दर्ता, सम्बन्धविच्छेदजस्ता वडा कार्यालयको सिफारिसलगायत महत्वपूर्ण अन्य विविध कागजातहरू नक्कली बनाएको  अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।