ललितपुरमा बुस्टर डाेजकाे खाेप दिइँदै

Mar 21st, 2023

चितवन, ७ चैत

ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुस्टर डोज दिइने भएको छ। स्वास्थ्य कार्यालय ललितपुरले आगामी विहीबार र शुक्रबार दुईदिन जिल्लाका ६ वटै स्थानीय तहका सबै वडाका जोखिम समूह पहिचान गरेर फाइजर–बायोएनटेक भ्यालेण्ट एडल्ट बुस्टर डोज दिन लागेको हो।

स्वास्थ्य कार्यालय ललितपुरका बरिष्ठ जनस्वास्थ्य प्रशासक तथा प्रमुख सतिस विष्टले मंगलबार पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार ६ वटै स्थानीय तहका ५५ वर्षमाथिका वृद्धलाई बुस्टर डोजको दोस्रो मात्रा दिन लागेको हो।

यस्तै, अभियानमा फ्रन्टलाइनर स्वास्थ्यकर्मी, गर्भवती महिला र दीर्घ रोग भएका १२ वर्षमाथिका नागरिकलाई पहिलो चरणमा खोप दिइनेछ। जिल्लामा ६४ हजारलाई बुष्टर डोज दिनुपर्ने प्रारम्भिक आँकडा रहेको विस्टले बताए।

५५ वर्ष माथिका सबै नागरिकहरूलाई पहिलो बुस्टर नलगाएकाहरूलाई पहिलो बुस्टर र पहिलो बुस्टर लगाएर ६ महिना पुगेकालाई दोस्रो बुस्टर मात्रा दिने उनको भनाई छ।

महांकाल गाउँपालिकाले भने नियमित खोप कार्यक्रममा सहभागी गराउनेगरी १०, ११ र १२ गते बुस्टर डोज कार्यक्रम गर्ने स्वास्थ्य कार्यालय ललितपुरका बरिष्ठ अधिकृत पार्थमणि न्यौपानेले जानकारी दिए