• गृहपृष्ठ
  • पछिल्लो २४ घण्टामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

Mar 19th, 2023

काठमाडौं, चैत ५

पछिल्लो २४ घण्टामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८३ जनामा गरिएको पीसीआर परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

यस अवधिमा २ जना कोरोनामुक्त भएका छन् । हाल देशभर १७ जना सक्रिय संक्रमित रहेका छन् ।