नेप्सेमा सामान्य गिरावट

Mar 19th, 2023

काठमाडौं, चैत ५

आइतबार प्रिओपन सेसनमा नेप्से झिनो अंकले ओरालो लागेको छ । नेप्से सूचकमा ०.०८ अंकले ओरालो लागेर १९३३.२३ विन्दुमा आएको छ ।

यो सेसनमा ९ कम्पनीको कुल ४०२ कित्ता सेयर कारोबार भएको छ र २ लाख ३ हजार ७८९ रुपैयाँको कारोबार भएको छ । त्यस्तै  यो सेसनमा कुल ४ वटा कम्पनीको भाउ बढेको छ भने ५ वटैको मूल्य घटेको छ ।

त्यसैगरी १३ उपसुचकहरु मध्ये २ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ४ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।